काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले इच्छा व्यक्त गरेका छन् । अर्थ मन्त्रालयद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको नेतृत्वमा समिति गठित समितिमा १२ जनाको आवेदन परेको अर्थले जानकारी दिएको छ ।
अर्थ मन्त्रालयका अनुसार प्राधिकरणको अध्यक्ष बन्नका लागि कमल प्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जिवि चापागाईँ, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठको आवेदन परेको छ । त्यसैगरी दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठको आवेदन परेको छ ।
प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि अध्यक्ष पद खाली थियो । हाल अर्थमन्त्रालयबाट मदन दाहाललाई कायममुकायम अध्यक्षको जिम्मेवारीमा पठाइएको छ ।






















