Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त, नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको दाबी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। यशोदा फूड्स प्रालिको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त भएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पनीले शाहलाई ग्लोबल कार्यकारी निर्देशकमा अनुबन्धन गरेको घोषणा गरेको हो ।

नेपालको खाद्य बजारमा अग्रणी स्थान तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी भएको दाबी गरिएको यशोदा फूड्स प्रालिले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा शाहलाई नियुक्त गरेको घोषणा गरेको हो । विगतमा केडिया ग्रुप र चौधरी ग्रुपमा काम गरेका शाहलाई यशोदाले भित्र्याएको हो। यशोदा फूड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले शाहलाई सम्मान गर्दै स्वागत गरेका थिए ।

अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एक सय करोड भन्दा माथि भएको भारत, क्यानाडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापुर, न्यूजिल्यान्ड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको सो अवसरमा यशोदा फूड्सले जानकारी दिएको छ ।

ग्लोबल कार्यकारी निर्देशकको पदमा शाहको नियुक्तिसँगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ । शाहको आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा कम्पनीको विश्वास रहेको छ ।

ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा उनले नवीनतम योजनाहरूको नेतृत्व गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

शाहले भनेका छन्, ‘बजार र उपभोक्ता जहिलेपनि परिवर्तनशील छ, यस विषयलाई बुझेर काम गर्न सक्दा कुनै पनि ब्राण्डले सफलता पाउँछ, मेरो ध्यान बजारको चाहना बुझेर त्यसै अनुसार कम्पनीलाई डोर्‍याउनेमा हुनेछ ।’

यशोदाले करेन्ट चाउचाउ, चिजबल्स, चिप्स लगायतका उत्पादन गरी बजारमा पस्किरहेको छ ।

Health Tips Ad Road Block