Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सबैले मेहनत गरे चाँडै नेपाललाई आर्थिक रुपमा गतिशील बनाउन सकिने भन्दै जनता फकाउँदै प्रचण्ड

Citizenlife ad 2082 falgun to baishak 2083

नेपालगन्ज। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा नेपाललाई चाँडै आर्थिक रुपमा गतिशील बनाउन सकिने भन्दै जनतालाई फकाएका छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु प्रादेशिक महोत्सव उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

नेपालमा केही पनि भएन, राजनीतिक परिवर्तनले आर्थिक क्षेत्रमा केही रुपान्तरण ल्याएन भन्ने भाष्य सही नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गर्न संभव छ भन्ने सकारात्मक सोचसहित सबै मेहनतका साथ अघि बढ्ने हो भने नेपाललाई राजनीतिक र आर्थिक रुपमा गतिशील बनाउन सकिने धारणा राखे ।

आफूले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा नाका क्षेत्रको आर्थिक गतिविधि सहज बनाउने गरी थुप्रै निर्णय गरेको स्मरण गराउँदै उनले भारतसँगको विद्युत व्यापार, नेपाल, भारत र बङ्गलादेशसँगको त्रिदेशीय विद्युत व्यापार सम्झौताको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने बताए ।

त्यस्तै आफूले प्रधानमन्त्रीको रुपमा चीन भ्रमण गर्दा एकैसाथ आठवटा नाका सञ्चालन गर्ने सहमति गरेको जानकारी दिदै संयुक्त राष्ट्रसङ्घको महासभा, कोप २८ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा गरिएका पहलबाट नेपालको आर्थिक कुटनीतिमा दीर्घकालीन महत्त्वका काम थालनी गरिएको बताए ।

नेपालगन्ज क्षेत्रको विकासमा आफूले अभिभावकत्व लिदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले महोत्सव भइरहेको स्थान रहेको दश बिघा जमीन उद्योग वाणिज्यलाई ५० वर्ष लिजमा मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएको भए पनि अर्को सरकारले खोसेकोमा दुस्ख व्यक्त गरे ।

यस क्षेत्रको आर्थिक विकासमा योगदान पुगोस् भनेर नेपालगन्ज–गुलरिया सडक लगायतका विभिन्न परियोजना अघि बढाउन आफूले पहल गरेको उल्लेख गर्दै उनले प्रादेशिक संरचनाले बाँके बर्दियालाई समस्या भएको भन्ने गुनासोप्रति ध्यानाकर्षण भएको बताए । अब संविधानको समीक्षा गर्ने बेलामा प्रादेशिक संरचनाको पनि समीक्षा हुने उनले स्पष्ट गरे ।

Health Tips Ad Road Block