काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य १ लाख ६० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा पुगेको छ ।
बिहीबार(हिजो)को तुलनामा मूल्य १ हजार रुपैयाँले बढेको हो । बिहीबार १ लाख ५९ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १८८० रुपैयाँ प्रतितोलामा पुगेको छ ।






















