काठमाडौं । सिद्धार्थ राजमार्गको सिद्धबाबामा निर्मित सुरूङ मार्गको ‘ब्रेक थ्रु’ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरूङ मार्गको ‘ब्रेक थ्रु’ भएको आज घोषणा गर्ने कार्यक्रम रहेको छ ।
दिउँसो १२ बजेर ५० मिनेट जाँदा प्रधानमन्त्री ओलीले सुरूङ मार्गको ‘ब्रेक थ्रु’ भएको गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘ब्रेक थ्रु’ गर्न एक मिटर राखिएको छ र रिमोटको सहायताले प्रधानमन्त्रीले ‘ब्लाष्ट’ गरेर ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ ।























