काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् ।
तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल सम्मानित भएका हुन् । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको उपस्थितिमा मल्ललाई पदक प्रदान गरिएको हो ।
मल्लले नेपालको व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै यो सम्मान पत्र प्राप्त गरिएको हो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।






















