Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

माछापुच्छ्रे क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गर्यो रक्तदान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५ औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो कार्यालय बागदरबार काठमाडौंमा रक्तदान गरेको छ । क्यापिटलले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्य तथा काठमाडौं महानगरपालिकाको सहयोग/समन्वयमा रक्तदान सम्पन्न गरेको हो ।

कार्यक्रममा ५४ जनाले रक्तदान गरेका थिए ।

रगतको अभाव र विभिन्न आपतकालिन अवस्थामा यसको महत्वलाई ध्यानमा राख्दै रक्तदान जस्तो सामाजिक कार्य गरी समाजप्रतिको दायित्व निर्वाह गर्नका लागि कम्पनीको विशेष रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

आफ्नो स्थापनाको ५ औँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदानलगायत वित्तीय साक्षरता, वृद्धा श्रम तथा अन्य संस्थाहरुलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवाहरुमा छुटलगायतका विविध कार्यक्रमहरु आयोजना गरी मनाइरहेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

Health Tips Ad Road Block