Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पर्यटन दशकले मुलुकले लाभ लिने र स्वरोजगार सिर्जना गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन दशकले मुलुकले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ठूलो लाभ लिने विश्वास व्यक्त गरेका छन् । प्रदेश सरकार, पर्यटन वन तथा वातावरण मन्त्रालय कोशीप्रदेशद्वारा आयोजित स्वागत कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन दशकले नेपाललाई ठूलो लाभ प्राप्त हुने बताएका हुन् ।

मन्त्री पाण्डेले भने, ‘सन् २०२२ देखि सुरू हुने भनिएको पर्यटक दशक कोभिड–१९का कारण अघि बढ्न सकेन। सन २०२५–०३५ सम्मका लागि पर्यटन दशकको रूपमा मनाउँदै छौं र अहिले कार्ययोजना बनिरहेको छ ।’ उनले थप्दै भने, ‘कोशी पर्यटन मन्त्रालयले २०२५ लाई पर्यटन वर्षको रूपमा मनाउँदै छ। त्यसका लागि यो मन्त्रालय फोकल मन्त्रालय भए पनि होटल व्यवसायी र पर्यटन व्यवसायीको ठूलो योगदान रहने छ । यसले पर्यटन दशकलाई समेत ठूलो योगदान गर्ने छ।’

उनले पर्यटन दशक मनाउने काम निकै महत्वकांक्षी रहेको उल्लेख गर्दै पर्यटन दशकले स्वदेशमै स्वरोजगार सिर्जना गर्न सक्ने विश्वास व्यक्त गरे । मन्त्री पाण्डेले पर्यटन दशकले विदेशमा रहेकालाई समेत स्वदेशमै लगानी गरौं, यहिँ केही गरौं भन्ने वातावरण सिर्जना हुने बताए ।

मन्त्री पाण्डेले पर्यटन क्षेत्र मुलुकको आर्थिक मेरुदण्डको मूल आधार रहेको बताउँदै अथितिदेवो भवः को मुलमन्त्रलाई आत्मसाथ गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

Health Tips Ad Road Block