काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशमा कमाएको पैसा आइएमई पेको माध्यमबाट प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने अवसर सार्वजनिक गरेको छ । विश्वको जुनकुनै देशमा रहेर कमाएको पैसा आइएमई पे मार्फत नेपालमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
आइएमई पेमा रकम प्राप्त गर्दा दश हजार रुपैयाँसम्ममा ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ । त्यस्तै, कारोबारको रकम अनुसार पचास हजार, एक लाख र दुई लाख सम्ममा क्रमश १००, २०० र ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
कारोबारमा संलग्न एकजनाले महिनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । यो योजना मार्फत आइएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घरसम्मै पुग्ने विश्वासको समेत बृदि हुने कम्पनीले जनाएको छ ।
आफन्तको पैसा आईएमई पेमा प्राप्त गर्दा आफन्तले नै बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धि मुलक बन्न सक्ने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए ।






















