Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लगानीमा सुधारसँगै कर्जा बढ्ने आशामा बैंकर्स संघ, जलविद्युत र पर्यटन मुख्य क्षेत्र

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल बैंकर्स संघले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले अध्यादेश ल्याएको भन्दै लगानीमा सुधार हुने आशा गरेको छ । संघद्धारा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सन्तोष कोइरालाले लगानीमा सुधार हुने अपेक्षा देखिएको बताएका हुन् । अहिलेको मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको भएपनि जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीको वातावरण बन्दै गएको र लगानी बढ्ने आशा व्यक्त गरेका हुन् । उनले यी क्षेत्रमा लगानीका प्रस्तावहरु पनि बढ्न थालेको धारणा राखे । त्यसले कर्जाकाे माग बढ्ने उनकाे धारणा थियाे ।

निजी क्षेत्रको मनोबल कमजोर बनेका कारण बजारमा लगानी आउन नसकेको भनिएपनि निराश हुनु नपर्ने उनले बताए । लगानीमा केही प्रतिशत वृद्धि भएको उनकाे भनाइ थियाे ।

अध्यक्ष कोईरालाले कर्जा असुली प्रभावित बन्दा बैंकहरुको खुद नाफामा असर परेको भनाइ राखे । कोइरालाले पछिल्लो समय कर्जा असुलीको लागि जाने बैंकका कर्मचारीहरूमाथि केही समूहले हातपात गर्ने गरेको तर स्थानीय तहबाट सुरक्षा तथा सहयोग नपाइरहेको गुनासो गरे ।

पत्रकार सम्मेलनमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत तथा संघका उपाध्यक्ष सुरेन्द्र राज रेग्मीले बैंकहरुको खराब कर्जा ४ प्रतिशतभन्दा माथि भएपनि आतिनु पर्ने अवस्था नरहेको बताए । यता पुँजी कोष व्यवस्थामा राष्ट्र बैंकले लचिलो नीति लिनुपर्ने उनको भनाइ थियो ।

संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले अहिले बैंकहरुलाई नै सहयोग चाहिने अवस्था आएको भन्दै प्रस्तुतिकरण दिएका थिए ।

Health Tips Ad Road Block