Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जब्दीघाटमा नयाँ पुल निर्माण प्रकृयामा, निर्माण सम्पन्न भएर उद्घाटन हुन नपाउँदै क्षतिग्रस्त पुलको मन्त्रीले गरे निरीक्षण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बर्दिया, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बर्दियाको जब्दीघाट पुलको निरीक्षण गरेका छन् । मन्त्रालयका सचिव केशवकुमार शर्मा एवम् प्राविधिकहरुसहित मन्त्री दाहालले क्षतिग्रस्त पुलको निरीक्षण गरेका हुन् । निर्माण भएर उद्घाटन समेत हुन नपाई उक्त पुलको बीच भागमा भत्किएपछि सो पुल निर्माणमा त्रुटी र कमजोरी भएको स्थानीयले गुनासो गर्दै आएका छन् ।

निरीक्षणका क्रममा मन्त्री दाहालले कुनै पनि योजनाहरुमा त्रुटी र लापर्वाही हुने अवस्था आउन नदिन निर्देशन दिए । योजनाहरुलाई त्रुटि रहित बनाउनकै लागि निर्माणमा संलग्न सवै पक्षहरुलाई उत्तरदायी बनाउन जरुरी रहेको उनले उल्लेख गरे ।

उक्त स्थानमा पुल भत्किएका कारण नागरिकमा परेको समस्या समाधानका लागि नयाँ पुल निर्माणको प्रकृया अघि बढीसकेको मन्त्रालयले जनाएको छ । २०७४ सालको साउनमा आएको बाढीले निर्माण पूरा भई उद्घाटन हुनु अघिनै सो पुलका दुई स्पान भासिएका थिए ।

Health Tips Ad Road Block