Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विराट एक्स्पो २०२५ मा डिजिटल तथा व्यवसायिक विकास सेवा पेभिलियन

Citizenlife ad 2082 falgun to baishak 2083

विराटनगर । विराट एक्स्पो २०२५ मा आईटी तथा डिजिटल प्रविधिको क्षेत्रमा नेपालमा उपलब्ध प्रविधि, प्रोसेस, पूर्वाधार, उपकरण तथा पद्धतीहरु समेटिएको पेभिलियन रहने आयोजकले जनाएको छ । डिजिटल तथा विडियस यो पेभिलियनले डिजिटल तथा व्यवसायिक विकास सेवाहरुको काम गर्ने बताइएको छ ।

यो पेभिलियनमा स्मार्ट फ्याक्ट्री वा कार्यालयको झलक दिने गरी कार्यालयमा आवश्यक आईटी सेवाको सम्पूर्ण इकोसिष्टम प्रर्दशन गरी जानकारी उपलब्ध गराईने जनाइएको छ । त्यसैगरि आर्टिफिसीयल इन्टेलिजेन्स लगायत डिजिटल सेवाहरु र यसका बारेमा जानकारी मुलक स्टलले यो पेभिलियनको थप आकर्षण बढने आयोजक उद्योग संगठनको विश्वास छ ।

यस पेभिलियनको दोश्रो खण्डमा बैंक तथा वित्तीय संस्था एवं फण्ड म्यानेजमेन्ट कम्पनीहरु, बीमा, परामर्शदाताहरु, सरकारका औद्यौगिक विकासका उपलब्ध सेवाहरु तथा प्रकृयाहरु, शैक्षिक स्वास्थ्य तथा अन्य क्षेत्रका बारेमा सूचना सेवाहरु एक्स्पोमा समावेश गरिएको छ ।

विशेष गरेर लघु घरेलु तथा साना उद्योगहरुलाई डिजिटल प्रविधिका बारेमा सचेतना, यसको उपयोगिताका बारेमा यस पेभिलियनमा उद्योग व्यवसायमा डिजिटल प्रविधिको प्रयोग सम्बन्धी सूचना सामाग्रीहरु मार्फत प्रवद्र्धन गरिने छ ।

Health Tips Ad Road Block