skip this News Page Tips Ad Road Block

चिकित्सकहरुका लागि शेयर बजारमा लगानी गर्न ‘डक्टर्स पिएमएस’ सेवा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई शेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट ईजाजत प्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष योजना ल्याएको हो ।

क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैयाँ वा सो बराबरको शेयर भएपछि सो योजनामा सहभागी हुन सकिन्छ । यसमा बार्षिक सेवाशुल्क पूर्णरुपमा मिनाहा गरिएको छ भने लगानीमा भएको मुनाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबण्डा हुने गरी बाँडफाँड गरिनेछ । साथै मुनाफा भएको रकम त्रैमासिक रुपमा चाहेको बेला झिक्न सकिने र यसमा ५ लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिने समेत जनाइएको छ ।

यो योजनामा सहभागी हुने स्वास्थ्यकर्मीका परिवारलाई निशुल्क डिम्याट खाता तथा मेरो शेयर सेवाको सुविधा समेत प्रदान गरिने जनाइएको छ । साथै यस लगानी योजनामा सहभागी हुने लगानीकर्तालाई निशुल्क बीमा सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका साथै शेयर बजारसम्बन्धी निशुल्क तालिम र अन्य परामर्श सेवाहरु समेत निशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आवद्ध व्यक्तिहरुका लागि यो योजना लागु हुने क्यापिटलले जनाएको छ ।

Health Tips Ad Road Block