काठमाडौं । नेपाल एसबीआई बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी रामकुमार तिवारीले सम्हालेका छन् । भारतको भारतीय स्टेट बैंक (एसबीआई) ले बैंकमा नयाँ सीइओको रूपमा तिवारीलाई पठाएसँगै उनले जिम्मेवारी सम्हालेका हुन् ।
नेपाल एसबीआई बैंक र भारतीय स्टेट बैंक एसबीआईबीचको प्राविधिक सेवा सम्झौता बमोजिम बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे को स्थानमा रामकुमार तिवारीलाई प्रवन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गर्ने निर्णय गरेअनुसार तिवारी आएका हुन् ।
बैंक संचालक समितिको ५२१औं बैठकले हाल कार्यरत प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देलाई माघ २ गते कार्यभारबाट मुक्त गरी तिवारीलाई प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसअनुसार तिवारीले बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।





















