काठमाडौं । एमजी मोटर्स नेपालले दुई नयाँ अत्याधुनिक सेवा केन्द्र खोलेर नेटवर्क सेवा विस्तार गरेको छ। पारामाउन्ट मोटर्स प्रालि, एमजी मोटर्सको नेपालका लागि अधिकृत आयातक र वितरकले काठमाडौंमा दुईवटा नयाँ अत्याधुनिक सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको हो । कुसुन्तीमा खोलेको पहिलो सेवा केन्द्रपछि कम्पनीले मंगलबार सुकेधार र सल्लाघारीमा थप दुई सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको हो । यी केन्द्रहरूले मंगलबारदेखि नै आफ्नो सेवा प्रदान गर्न सुरु गरेको कम्पनीले जनाएको छ ।
यी नयाँ सेवा केन्द्रहरूले कुसुन्ती सेवाकेन्द्रमा लागू गरिएका उन्नत प्रविधि र उच्च सेवा मापदण्डहरूलाई परिचालनमा ल्याएको कम्पनीको भनाइ छ । कुसुन्ती सेवा केन्द्रले २०२३ मा खोलिएदेखि ग्राहक सेवामा नयाँ मापदण्ड स्थापना गरेको थियो ।
यस्तै सञ्चालनमा आएका दुबै केन्द्रमा ग्राहकहरूको सहुलियत र समर्थनका लागि अत्याधुनिक डायग्नोस्टिक र मर्मत प्रविधिहरु उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
‘हामी सुकेधारा र सल्लाघारीमा यी नयाँ सेवा केन्द्रहरू खोल्न पाउँदा खुशी छौं, ’एमजी मोटर्स नेपालका प्रवक्ताले भने। ‘हाम्रो उद्देश्य भनेको कुसुन्ती सेवा केन्द्रको प्रसिद्धि र उत्कृष्ट सेवालाई विस्तार गर्नु हो। यी नयाँ स्थानहरूले काठमाडौंभरिका एमजी ओनर्सहरूलाई सुलभरुपमा अधिक सेवा उपलब्ध गराउन मद्दत गरुन् ।’
एमजी मोटर्स नेपालले स्थापनादेखि नवप्रवर्तनात्मक मोटर गाडी समाधान र उत्कृष्ट ग्राहक सेवामा आफ्नो प्रतिबद्धता निरन्तर राख्दै आएको जनाएको छ। अत्याधुनिक सुविधामा गरेको निरन्तर लगानीले ग्राहकको अनुभवलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास कम्पनीको छ ।






















