Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

माछापुच्छ्रे बैंकको साधारण सभाबाट खनाल, भण्डारी र श्रेष्ठ संचालकमा निर्विरोध निर्वाचित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ। आइतबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ।

सभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठ लाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको बैंकले जनाएको छ। यस्तै जिपि राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ।

साधारणसभामा बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकास सँगसँगै यसमा देखा परेका चुनौतीहरुलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ नयाँ प्रविधिहरुलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पुर्‍याउने उद्धेश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडि बढिरहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिईरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिरहेको बताए।

Health Tips Ad Road Block