skip this News Page Tips Ad Road Block

सन् २०३० सम्ममा देशभरका नागरिकलाई शुद्ध खानेपानी पुर्याउने सरकारी लक्ष्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले ग्रामीण तथा सहरी क्षेत्रका खानेपानी योजनालाई तीव्रता दिँदै सन् २०३० सम्म देशभरका नागरिकलाई शुद्ध खानेपानी पुर्याउने लक्ष्यमा केन्द्रित भई कार्यहरू भइरहेको दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई खानेपानी मन्त्रालयको ब्रिफिङ गर्दै मन्त्री यादवले यस्तो कुरा बताएका हुन् ।

खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी बज्राचार्यले मन्त्रालयको हालको अवस्था, प्रगति, कार्यान्वयनमा देखिएका चुनौती र भावी योजनाको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । त्यस्तै मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन अवस्था, हालका प्रगति र आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)मार्फत भइरहेका अन्य परियोजनाको प्रगतिबारे जानकारी गराएका थिए । मन्त्रालयले जलवायु परिवर्तनले खानेपानीको स्रोतहरूमा पारेको असरलाई सम्बोधन गर्दै वातावरणमैत्री र दिगो योजना निर्माणमा मन्त्रालयको ध्यान केन्द्रित भएकाले आवश्यक बजेट सुनिश्चितताका लागि मागसमेत गरेको छ ।

मन्त्रालयबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले जनताले शुद्ध, सुलभ र सहजरुपमा खानेपानी पाउने वातावरण निर्माणमा लाग्न तथा सम्बन्धित मन्त्रालय र निकायसँग आवश्यक समन्वय गरी कामलाई गति दिन निर्देशन दिएका छन् ।

Health Tips Ad Road Block