skip this News Page Tips Ad Road Block

राजेन्द्र सापकोटाको नेतृत्वमा एमालेनिकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा एमालेनिकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटा चयन भएका छन् । सापकोटाको नेतृत्वसहित पदाधिकारी र सदस्यहरु ४१ जना सर्वसम्मत चयन भएका हुन् ।

शुक्रबार सम्पन्न संगठनको चौथो राष्ट्रिय महाधिवेशनबाट सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। सापकोटा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य पनि हुन्।

संगठनको वरिष्ठ उपाध्यक्षमा यम बहादुर खड्का चयन भएका छन् । महासचिवमा राम बहादुर खड्का चयन भएका छन् ।

यस्तो छ संगठनको नयाँ कार्यसमिति

Health Tips Ad Road Block