काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ। उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायतको उपस्थितिमा काठमाडौंको नागपोखरीमा शोरुमको उद्घाटन गरिएको हो ।
ग्राहकलाई असाधारण सेवा र उनीहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै नामीले आफ्नो प्रतिबद्धतालाई दोहोर्याएको छ । त्यस्तै नामीले सीमित समयका अफरहरूसहितको मेगा टेस्ट ड्राइभ क्याम्प पनि सुरु गर्ने उद्घोष गरेको छ ।
अगस्ट, २०२४ मा वाइल्ड रिपर्ज, सबिन राई र फारोको प्रस्तुति र फेसन शो सहितको सफल सुरुवात पछि नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको कम्पनीको दाबी छ। ‘यो नौलो लन्च इभेन्टले उल्लेखनीय चर्चा पाएको थियो र यसले नामीको बलियो बजार प्रवेशको लागि मार्ग प्रशस्त गरेको थियो।’ कम्पनीले जनाएको छ ।
सुरुवातको समयमै नामीले ४०० भन्दा बढी ग्राहकहरू प्राप्त गरिसकेको जनाएकाे छ। यसले नेपाली बजारमा नामीको बलियो माग देखाउने एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले बताए । नयाँ शोरूमको उद्घाटनमा आफ्ना सवारी साधनहरू बुक गरिसकेका ग्राहकहरूसँग उत्सव मनाउने उत्तम अवसर पनि बन्यो। कार्यक्रममा नामीको सिल्भर कलर भेरियन्टको पनि लन्च गरिएको थियो।

‘ग्राहकहरूलाई बहुआयामिक अनुभव प्रदान गर्नेगरी नयाँ शोरूमको डिजाइन गरिएको र यसले नामीका सुविधाहरू प्रदर्शन गर्दै विशेषज्ञ परामर्श प्रदान गर्दछ र निर्बाधरूपमा आफ्टर सेल्स सर्भिस पनि प्रदान गर्दछ। ग्राहकहरूले अब जानकार कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै आधुनिक र सहज वातावरणमा नामी अन्वेषण गर्न र यस ब्रान्डको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।’ एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने। ‘नेपालमा हाम्रो अत्याधुनिक शोरूम खोल्न पाउँदा हामी रोमाञ्चित छौं । यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौं।’
मेगा टेस्ट ड्राइभ क्याम्पः नामीको प्रत्यक्ष अनुभव गरौँ
नक्सालको नागपोखरीमा रहेको नयाँ शोरूममा जनवरी ११ देखि १६ सम्म आयोजना हुने गरी मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा गरिएको छ। यो क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्नेछ। ग्राहकहरूले “नाउ अर नेभर” मेगा अफरहरूबाट फाइदा लिन सक्छन् जसमा ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट समावेश छ। यसबाहेक, ग्राहकहरूले गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा निस्शुल्क नाइट स्टे गर्न पाउनेछन्। ग्राहकहरूले आफ्नो पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सक्नेछन्।





















