skip this News Page Tips Ad Road Block

माघ ११ देखि आठौँ संस्करणको विराट एक्स्पो हुने

Citizenlife ad 2082 falgun to baishak 2083

विराटनगर । आर्थिक एवं औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले माघ ११ देखि २० गतेसम्म उद्योग संगठन मोरङले विराटनगरको डिग्री क्याम्पसको मैदानमा आठौ संस्करणको विराट एक्स्पो आयोजना हुने भएको छ । एक्स्पोमा औधोगिक उत्पादन र व्यापारिक वस्तुको प्रर्दशनी हुनेछ ।

त्यसका साथै डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट थिममा सञ्चालन हुने औद्योगिक एक्स्पोको माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यवसायिक अनुभवको प्रत्यक्ष आदन प्रदान गर्ने काम ुनेछ । त्यसैगरी उद्यमी व्यवसायीलाई व्यवसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न र नविनतम व्यवसायिक आइडिया भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न मद्दत पुग्ने विश्वास आयोजकको रहेको छ ।

संगठनले २०५३ सालमा पहिलो एक्स्पोको रुपमा कोशी महोत्सवको नामबाट गरेको थियो । २०८१ मा विराट एक्स्पोको आठौँ संस्करणसम्म आईपुग्दा यो एक्स्पो मुलुकमा आयोजना हुने अन्तरािष्ट्रय स्तरका औद्योगिक एक्स्पो मध्ये आफ्नै छुट्टै पहिचान र ब्राण्डका रुपमा स्थापित भएको छ ।

एक्स्पोमा विराटनगर इन्कुवेशन सेन्टरको स्थापना गरिँदैछ । संगठनले विगत तीन बर्षदेखि सञ्चालन गर्दै सफलता हात पार्दै आएको स्टार्टअप तथा इनोभेशन कार्यक्रमलाई थप व्यवस्थित बनाउन चालु वर्षदेखि संघीय सरकारले उद्योग संगठनसँग बजेट सहितको सहकार्य गरेको छ । निजी क्षेत्रबाट संगठन, शैक्षिक क्षेत्रबाट पूर्वाञ्चल विश्वविद्यालय, स्थानीय सरकारबाट विराटनगर महानगरपालिकाको समेत सहकार्यमा यो कार्यक्रमलाई संस्थागत गर्न एक्स्पोमा विराटनगर इन्कुबेशन सेन्टरको स्थापना गरिने आयोजकले जनाएको छ ।

इन्कुबेशन सेन्टरको औपचारिक सुरुवात र परीक्षणकालागि डेमो इन्कुबेशन कार्यक्रम सञ्चालन गर्न विराट एक्स्पोमा भिजन कोशी ह्याकथुन सञ्चालन गरिदैछ । यो ह्याकथुनमा नयाँ व्यवयसायिक सोच र विचार भइएका युवाहरुबीच १० दिनसम्म प्रतिष्पर्धा गराईने छ ।

नविनतम व्यवसायिक आइडिया भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्ने उद्देश्यले राखिने यो पेभिलियनमा कृषि, उद्योग र पर्यटन क्षेत्रका समस्यालाई प्रविधिमा आधारित बिजनेश विकास गर्न इच्छुक युवाहरुको छनौट गरी १० दिने कार्यशालामा समाधान निकाल्ने गरी ह्याकथुन कार्यशालामा राखिनेछ । उक्त कार्यशालामा छनौट भएका स्टार्टअपहरुलाई आवश्यक पर्ने सबै प्रकारको सेवा उपलध गराएर मेक अप प्रोटोटाइप बनाउन सहयोग गरिने र अन्त्यमा सबै प्रतिष्पर्धीहरुले थप व्यवासायिक सेवा, इन्भेष्टरहरुसँग प्रत्यक्ष भेट तथा उत्कृष्ट हुनेलाई पुरस्कृत पनि गरिने छ ।

उक्त क्रियाकलाप मार्फत स्टार्टअप इकोशिष्टको अवस्था, चुनौती तथा अघि बढ्न सक्ने सम्भावनाहरुका बारेमा स्टार्टअपका सबै चक्रको अवस्था प्रत्यक्ष उजागर हुने विश्वाश उद्योग संगठनको छ । यो पेभिलियनको मुख्य उद्देश्य युवाहरुलाई आफ्नो क्षमता र सीपको परिक्षण गर्ने अवसर उपलब्ध गराउनु हो । संगठनले सञ्चालन गर्दै आएको स्टार्टअप तथा इनोभेहन कार्यक्रमकै परिष्कृत कार्यक्रमका रुपमा यसलाई अघि बढाईएको हो । यो पेभिलियनमा इन्भेष्टर्स मिट तथा नीतिगत छलफलका स्टार्टअप कन्फेरेन्सको पनि आयोजना गर्ने एक्स्पोको तयारी छ ।

Health Tips Ad Road Block