Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गरिमा समृद्धि योजनाका इकाईहरु बाँडफाँड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गरिमा समृद्धि योजनाका इकाईहरु बाँडफाँड भएको छ । गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको गरिमा म्युचूअल फण्डअन्तर्गत ‘गरिमा समृद्धि योजना’ को इकाईहरु बाँडफाँड भएको हो ।

बन्दमुखी योजनाका बीज पूँजी सहित अंकित मूल्य १० रुपैयाँका दरले पुस ७ देखि ११ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । सो अवधिमा ९४,६८१ जना आवेदकहरु मार्फत १२,१८,७८,५१० इकाईका लागि आवेदन प्राप्त भएको थियो ।

निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईको लागि आवेदन प्राप्त भएपनि सामूहिक लगानी कोष निर्देशिका, २०६९ मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने भएकाले सोही अनुरुप सम्पूर्ण आवेदकलाई इकाई बाँडफाँड गरिएको निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ ।

अब बीज पूँजीसहित योजनाको आकार एक अर्ब पच्चिस करोड रुपैयाँ अर्थात् १२,५०,००,००० इकाई कायम गरिएको कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block