Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट पेमार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालन सम्झौैता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र ३ दशकदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिदैं आएको एभरेष्ट बैंक लिमिटेड बीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतापश्चात् एभरेष्ट बैंक लिमिटेडका ग्राहक तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्नेछन् ।

विगत दुई दशकदेखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्गलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडले स्मार्ट पे ब्राण्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुुरु गरेको हो । यस सेवामार्फत बैंक वित्तीय संस्थालगायत रेमिट्यान्स कम्पनी, ब्रोकर हाउस, बीमा कम्पनी तथा ठूला कर्पोरेटहरुले आफ्ना सेवाग्राहीका नेपालभरीका जुनसुुकै बैंक खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्नेछन् । यस सेवाको सुरुवातपश्चात एभरेष्ट बैंक लिमिटेड मार्फत प्राप्त हुुने भुक्तानी रकम बैंक खातामा ट्रान्सफर अझै छिटोे–छरितो र भरपर्दो बन्ने विश्वास लिइएको छ ।

Health Tips Ad Road Block