काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८५ पुगेको छ। १८१ जना यात्रु बोकेको विमान दुर्घटना हुँदा कम्तीमा ८५ जनाको मृत्यु भएको बिबीसीले उल्लेख गरेको छ । हालसम्म मृतकहरु मध्ये ४६ जना महिला र ३९ जना पुरुष रहेको बिबीसीले जनाएको छ।
दक्षिण कोरियाली समाचार एजेन्सीका अनुसार देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट विमान चिप्लिएर पर्खालमा ठोक्किएर दुर्घटना भएको हो ।
थाइल्याण्डको बैंककबाट १७५ जना यात्रु र ६ जना चालक दलका सदस्यसहित उडेको जेजु एयरको विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।





















