Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालगन्जको निर्माणधिन विमानस्थलको मन्त्रीले गरे निरिक्षण, अबको एक वर्षमा सक्ने लक्ष्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्जस्थित निर्माणधीन विमानस्थलको निरिक्षण गरेका छन् । शनिबार अछामको कलम बजारको विमानस्थल परिक्षण उडानका क्रममा नेपालगन्ज पुगेका मन्त्री पाण्डेले उक्त विमानस्थलको समेत अवलोकन गरेका हुन् । तीन अर्व लागत रहेको नेपालगञ्ज विमानस्थलको भवनको २०८२ पुस मसान्तभित्र सक्ने लक्ष्य रहेको छ।

मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एण्ड कम्पनीले २०७९ माघबाट निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर विमल पौडेलले जानकारी दिएका छन् ।

मन्त्री पाण्डेले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै समयमै काम सकिनेमा विश्वास व्यक्त गरेका छन् ।

मन्त्री पाण्डे आजै अछामको कमलबजारमा रहेको विमानस्थल परिक्षण उडानमा सहभागी भएर काठमाडौं फर्किएका छन् ।

Health Tips Ad Road Block