Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

फाष्ट ट्र्याक निर्माणमा देखिएका समस्या लम्बिन दिइन्नः मन्त्री दाहाल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन् । शनिबार द्रुतमार्गको प्रस्थान विन्दु मानिएको खोकना देखि बुङ्मती हुँदै फसिडोलसम्मको अवलोकन एवम् निरीक्षण गर्दै देखिएका समस्या र चुनौती समाधान तर्फ लाग्ने बताएका छन् ।

‘यो फाष्ट ट्र्याक तराई र काठमाडौं जोड्ने लाईफलाईन हो,’  निरीक्षणका क्रममा मन्त्री दाहालले भने, ‘यसको प्रस्थान विन्दु कायम गर्ने विषयमा केही चुनौती देखिएका छन् तर यी विषयलाई लम्बिन दिनुहँदैन, सबैले समाधानको विकल्प खोजी गर्नुपर्छ ।’ सडक निर्माण एवम् विस्तार गर्दा कसैको पनि आस्था माथि प्रहार गर्न नहुनेमा सरकार सजग रहेको भन्दै मन्त्री दाहालले धार्मिक, सांस्कृतिक एवम् परम्परागत मान्यता र अस्थाहरुको संरक्षण गर्दै निकास निकाल्नु पर्नेमा जोड दिए ।

फाष्ट ट्र्याकले सर्वसाधारणको आवतजावत सहज पार्ने मात्र नभई नेपालको वैदेशिक व्यापारलाई समेत प्रवद्र्धन गर्ने भन्दै उनले समृद्ध नेपाल निर्माणको एउटा आधारमा रुपमा यसलाई लिईएको बताए । मुआव्जा वितरण, क्षतिपूर्ती, मोही तथा गुठी अदिका विषयहरुलाई निराकरण गरि यसको निर्माण कार्यलाई गति दिन जरुरी रहेको उनको जोड थियो । त्यस क्रममा उनले फाष्ट ट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेना प्रति सरकारको उच्च भरोसा रहेको बताउँदै विकास निर्माणमा सेनाको योगदान सह्राहनीय रहेको बताए ।

मन्त्री दाहाललाई नेपाली सेनाका मेजर रमेश आचार्यले फाष्ट ट्र्याक निर्माणको अवस्था, चुनौती एवम् विकल्पहरुका बारेमा ब्रिफिङ् गरेका थिए ।

Health Tips Ad Road Block