Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राजेन्द्र संग्रौलाको नेतृत्वमा नेपाल फ्रेट फरवार्डस एसोसिएसन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल फ्रेट फरवार्डस एसोसिएसन (नेफा) ले राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

नेफाको राजधानीमा सम्पन्न २४ औं वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा नरेश कुमार अग्रवाल, उपाध्यक्षमा अशोक मान कपाली, महासचिवमा हरि प्रसाद ढकाल, कोषाध्यक्षमा इश्वर बहादुर गुरुङ, सचिवमा सुजन कुमार न्यौपाने, सहकोषाध्यक्षमा सञ्जिव अर्याल निर्वाचित भएका हुन् ।

त्यसैगरी कार्यकारिणी समिति सदस्यहरुमा सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ, गंगाराम पुडासैनी, गंगा बहादुर राया, सजिव शाक्य, राजेश चन्द्र प्रधानाङ्ग र प्रनुषा कार्की निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट निर्मल पौडेललाई कार्यकारिणी समिति सदस्यमा मनोनीत गरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनको विधानमा कार्यकारिणी समितिमा १४ जना सदस्य प्रत्यक्ष निर्वाचनबाट र दुई जना सदस्य अध्यक्षद्वारा कार्यकारिणी समितिको परामर्शमा मनोनित गर्ने प्रावधान रहेको छ ।

त्यसैगरी संघ विधानको व्यवस्था अनुसार सल्लाहकार समितिको संयोजकमा पूर्व अध्यक्ष प्रकाश सिंह कार्कीलाई मनोनीत गरिएको छ भने निवर्तमान अध्यक्ष मनोज अधिकारी कार्यकारिणी समितिको पदेन पदाधिकारी रहेको एसोसिएसनले जनाएको छ।

एसोसिएसनका नवनिर्वाचित अध्यक्ष राजेन्द्र संग्रौलाले आफ्नो नेतृत्वमा फ्रेट फरवार्डस व्यवसायीहरुको साझा संस्था नेपाल फ्रेट फरवार्डस एसोसिएसनलाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्ध भएर लाग्ने बताए । आगामी दिनहरुमा सरकार तथा सम्बन्धीत निकायहरुसँग सहकार्य गरी फ्रेट फरवार्डस व्यवसायको प्रभावकारितामा अझै सुधार ल्याउँदै अगाडि बढ्ने बताए । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नयाँ प्रविधिको अवलम्बन गर्दै नयाँ पुस्तालाई फ्रेट फर्वाडिङ्गको पेशामा आकर्षित गर्ने, कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्न प्रशिक्षण र क्षमता विकास तथा कार्य सहजता, भन्सार प्रक्रियाहरुको सरलीकरण र सहजीकरण तथा सीमा क्षेत्रमा भएका अन्य समस्याहरु समाधान गर्न निरन्तर पहल गरिने उनले बताए ।

Health Tips Ad Road Block