Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न २४ किलोमिटरको बौद्ध संचार यात्रा

Citizenlife ad 2082 falgun to baishak 2083

रुपन्देही । भगवान गौतम बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएको विषयलाई प्रवद्र्धन गर्ने र लुम्बिनी घुम्न स्वदेशी तथा विदेशी पर्यटकलाई अभिप्रेरित गर्ने उद्देश्यले भैरहवा–लुम्बिनी २४ किलोमिटर बौद्ध संचार यात्रा गरिएको छ। लुम्बिनी प्रेस क्लब, रुपन्देहीले भैरहवाको लुम्बिनी गेटदेखि लुम्बिनीस्थित मायादेवी मन्दिरसम्म संचार यात्रा गरेको हो ।

‘पर्यटनका लागि शान्ति, शान्तिका लागि संचार यात्रा’ भन्ने नारासहित गरिएको दोस्रो बौद्ध संचार यात्राले लुम्बिनी क्षेत्रमा नयाँ उत्साह थपेको विश्वास लिइएको छ ।

भिक्षु भिक्षुणी, लामा, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारण गरी एक सय बढी पदयात्रामा सहभागी भएका थिए।

बुद्ध धुनको गुन्जनसँगै हिँडेका पदयात्रीहरुलाई ठाउँठाउँमा स्थानीय र पर्यटन व्यवसायीले स्वागत गरेका थिए ।

 

Health Tips Ad Road Block