Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

२६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा

Citizenlife ad 2082 falgun to baishak 2083

कास्की । रेवान पोखराको आयोजनामा शनिबारदेखि पोखरामा शुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गर्ने आयोजक रेवान पोखराले जनाएको छ । कोमागाने पार्कमा हुने उद्घाटन समारोह अघि खहरेबाट विभिन्न जातजाती, ६० बढी आमा समूह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितिमा साँस्कृतिक झाँकीसहित र्याली निस्कने छ महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए ।

आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव सफल पार्न गठित विभिन्न समिति, उप–समितिले आ–आफ्नो तयारी पुरा गरेका छन् । महोत्सव तयारीका लागि रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक, लगायतका बैठकहरू सम्पन्न गरेको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलिया, सशस्त्र प्रहरी बल कालिका गणका गणपति अरुण कुमार शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका उप–अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी, कृष्णदल गण फुलबारी ब्यारेक पोखराका सन्दीप केसी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, यातायात तथा पार्किङ समितिका संयोजक चिरञ्जीवी पोखरेल लगायतको उपस्थितीमा सुरक्षा परिषद् बैठक सम्पन्न गरेको थियो ।

स्वास्थ्य समितिका संयोजक भिष्मराज पौडेलका अनुसार नमस्ते हस्पिटल तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले पनि स्वास्थ्य सम्बन्धि व्यवस्थापन गरिसकेका छन् । महोत्सवको चार किलोमिटर क्षेत्रभित्र विभिन्न स्थानमा स्वास्थ्य डेक्स राखी औषधि उपचारमा विशेष ध्यान दिइने पौडेलले जनाए ।

महोत्सवका प्रचार प्रसार समिति संयोजक वीरेन्द्र शेरचनले पोखरा सडक महोत्सवमा मिडियाहरुबाट विगतका वर्षहरुमा जस्तै उत्कृष्ट सहयोग पाएको बताए । सडक महोत्सवलाई अन्तर्राष्ट्रिय जगतसम्म चिनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेकाले यसपटक पनि सकारात्मक सहयोगको अपेक्षा लिएको समितिका महासचिव समेत रहेका शेरचनको भनाई छ ।

महोत्सवलाई थप रौनक प्रधान गर्न सडकमा हुने खेलकुदका कार्यक्रमहरुको तयारी पनि पुरा भएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए । सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरुको चम्चा दौड, डुङ्गा दौड लगायत हुनेछन् । त्यसैगरि अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारी सहितको सडक सम्वाद कार्यक्रम हुने रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले जनाए । उनका अनुसार अम्मटमा दुई दिन सम्म सडक सम्वाद कार्यक्रम चल्नेछ ।

Health Tips Ad Road Block