काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । बिहीबार साँझ बेहोस भएपछि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएका डा. सिंहको स्थानीय समय अनुसार राति ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले मेडिकल बुलेटिनमार्फत पुष्टि गरेको हो ।
सन् १९३२ सेप्टेम्बर २६ मा पन्जावको एक गाउँमा जन्मिएका सिंह कांग्रेस आईबाट सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्री थिए ।
उनले भारतको अर्थतन्त्र सुधारमा धेरै काम गरेका थिए भनेर भन्ने गरिन्छ ।






















