Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पर्यटन मन्त्रालयका सेवा सातै प्रदेशमा विस्तार गरी संघीयता सवलीकरण गरिन्छ: मन्त्री

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मन्त्रालयका सेवाहरु सातवटै प्रदेशमा विस्तार गर्दै संघीयता सवलीकरणमा लागिरहेको बताएका छन् ।

विहीबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिद्वारा आयोजित लुम्बिनी क्षेत्र विकास कोष, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र सगरमाथा क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्याहरुको समाधान विषयमा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले मन्त्रालय मातहतका निकाय सातवटै प्रदेशमा विस्तार गर्दै सेवा प्रभावकारी बनाउन गृहकार्य गरिहेको बताए । मन्त्री पाण्डेले भने, ‘विषयगत समितिलाई क्रियाशील बनायौं भने संघीयता प्रभावकारी हुने हो । हाम्रो मन्त्रालय अन्तरगत रहेको विषयगत समितिको दोस्रो बैठक सम्पन्न भएको छ । त्यसमा गाउँपालिका र नगरपालिका महासंघका प्रमुखहरुलाई समेतको प्रतिनिधित्व गरायका छौं ।’

मन्त्री पाण्डेले पर्यटन क्षेत्रलाई चलायनमा बनाउनका लर प्रदेश र स्थानीय तहलाई समेत क्रियाशील बनाउनु पर्नेमा जोड दिए । उनले अगाडि भने, ‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन सातवटै प्रदेश र स्थानीय तहलाई क्रियाशील बनाउनुपर्छ । आर्थिक र व्यवस्थापकीय रुपमा सवल र सक्षम बनाउन जरुरी छ । नेपाल पर्यटन बोर्ड, नाथम लगायतका संस्थालाई सातवटै प्रदेशमा विस्तार गरी संघीयता सवलीकरणका लागि लागिरहेका छौं ।’ उनले विश्व सम्पदामा सूचिकृत लुम्बिनी क्षेत्र लाई युनेस्कोले जोखिमको सूचीमा सुचिकृत गरेको स्मरण गर्दे भारतको राजधानी दिल्लीमा सम्पन्न भएको युनेस्कको बैठकबाट एक वर्षको म्याद पाई जोखिमबाट हटाउने गरी गृहकार्य भइरहेको र छ महिनाभित्र खतराको सूचीबाट हटाउने गरी काम भइरहेको समेत उल्लेख गरे । तिलौराकोटलाई विश्वसम्पदा सूचिमा सुचिकृत गर्ने काम अन्तिम चरणमा पुगेको समेत उनले बताए ।

मन्त्री पाण्डेले राष्ट्र्रिय ध्वजावहाक एयरक्राप्टमा समस्या रहेको बताउँदै नेपाल एयरलाइन्सका केही विमान उड्न नसक्ने अवस्थामा पुगेकाले विमानको खरिद प्रक्रियाबारे छलफल भइरहेको समेत बताए ।

Health Tips Ad Road Block