Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हिमालयन बैंकको साधारण सभा आव्हान, यस्ता छन् एजेण्डा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हिमालयन बैंक लिमिटेडले पुस २९ गते सोमबारका लागि ३२ औँ साधारणसभा बोलाएको छ । बैंकले नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा ३२ औँ साधारण सभा बोलाएको हो । साधारण सभा बिहान १० बजे शुरु हुने बैंकले जनाएको छ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सभाले प्रिमियममा ९२ लाख ५० हजार ४६९ कित्ता शेयर थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गरेपश्चात प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सामाजिक उक्तदायित्व अन्तर्गत खर्च भएका रकमहरु अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

Health Tips Ad Road Block