Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एकबिहानै बाजुरा केन्द्र बनाएर ५.२ रेक्टरको भूकम्प

Citizenlife ad 2082 falgun to baishak 2083

धनगढी । सुदूरपश्चिम प्रदेशकाे बाजुरा केन्द्र बनाएर आज बिहान ५.२ रेक्टर स्केलको भूकम्प गएको छ । जगन्नाथ गाउँपालिका ५ को गोत्री केन्द्रबिन्दु बनाएर बिहान चार बजेर चौध मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । भूकम्पबाट क्षति वा हताहत भएकोबारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु गोत्री क्षेत्रसहित अरु ठाउँको अवस्था बुझ्न सुरक्षाकर्मीलाई खटाउने तयारी भइरहेको प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला, कर्णली प्रदेश र भारतको सीमाक्षेत्रससम्म भूकम्पको धक्का महशुश गरिएको छ ।

Health Tips Ad Road Block