काठमाडौं। नेपाल पूर्वाधार पत्रकार समाजले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सुनिता कार्की कोइरालाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
समाजको उपाध्यक्षमा विमल खतिवडा, सचिवमा दिनेश खड्का निर्वाचित भएका छन् । यस्तै सहसचिवमा प्रशन्न ढुंगाना, कोषाध्यक्षमा हिमा विश्वकर्मा निर्विरोध चुनिएका छन् ।
सदस्यहरुमा विष्णु रैगाई, आशुतोष अर्याल, सर्मिला न्यौपाने, धना ढकाल, निर्दोष घोरसाइने, पवन तिमिल्सिना चयन भएका छन् । यसअघि समाजको अध्यक्ष जीवन बस्नेत रहेका थिए ।






















