Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लोडसेडिङ हुँदा खुसी हुने जमातले लोडसेडिङको हल्ला फैलाए: कुलमान घिसिङ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा खुसी हुने जमातले लोडसेडिङको हल्ला फैलाइरहेक आरोप लगाएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजको तेश्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा मन्तव्य राख्दै घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताए । उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए। उनले माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने वित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे ।

उनले व्यस्त समयमा केही मात्रै उद्योगको लाईन काटेको जिकिर गर्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए । उनले उद्योगीहरुले त्यही व्यस्त समयमै विद्युत काट्यो भनेर बखेडा झिकेको बताए ।

‘तामाकोसी १० दिनमा जोडिएपछि त्यो समस्या पनि हराउँछ ।’ उनले भने,‘नेपालको पूर्वाधार क्षेत्रमा ठूला ठूला विकासका परियोजनाहरुको काम भइरहेको छ । बत्ती र बाटोको विकास भएको छ । जुन हाम्रो ठूलो पूर्वाधारको विकासको आधार हो । नेपालको विद्युत क्षेत्रको ठूलो विकास हुनेवाला छ । यसका लागि ठूलो लगानी आवश्यक रहेको छ । हाम्रा ठूला परियोजनाहरुका लागि वैदेशिक लगानी चहिन्छ । लोडसेडिङले उद्योगीहरुको प्रोडक्टीभिटीमा कमी आएको कुरा आएको छ ।’

उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको आरोप लगाए ।

घिसिङले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरुले दिनको विकल्प नभएको उल्लेख गरे ।

त्यस्तै  घिसिङले दुई चार घण्टा बत्ती कम आयो भन्दैमा सिमेन्टको मूल्य बढाउन नपाइने बताए । उनले २४ सै घण्टा लाइन दिँदा पनि ८ घण्टा भन्दा बढी उद्योग चल्ने अवस्था नभएको बताए । उनले पूर्वधार विकासको मुख्य मेरुदण्ड जलविद्युत रहेको धारणा राखे।

Health Tips Ad Road Block