काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलि पे प्लस नेटवर्क प्रयोगकर्ताहरूलाई सहजरूपमा अन्तर्देशीय क्युआर भुक्तानी गर्न सम्झौता गरेको छ।
बैंकले गरेको यो सम्झौता अन्तर्गत चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरू र अलि पे प्लस प्रयोगकर्ताहरूले डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका इन्टरअपरेबल क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् । यस सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
सानिमा बैंकको नेपाल क्लियरिङ हाउससँगको यस सहकार्यले नेपालमा पर्यटकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ।
सानिमा बैंकका देशका सातै प्रदेशमा १३४ कार्यालयहरू तथा १२५ वटा एटिएममार्फ सेवा सुचारु रहेको छ ।






















