Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा नियुक्त डा. पराजुली र केसी को हुन् ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा डा. बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मङ्गलबार संखुवासभा मकालु गाउँपालिका–३ का डा. पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् ।

डा. पराजुलीलाई नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (ङ) बमोजिम विद्युत उपभोक्ता मध्येबाट र केसीलाई नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत क्षेत्रका विशेषज्ञता हासिल गरेका व्यक्तिबाट मनोनित गरिएको मन्त्री खड्काका निजी सचिव मनोज पन्थले जानकारी दिएका छन् ।

मन्त्री खड्काले उनीहरु दुवैजनालाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनित गरेका हुन् । जलस्रोत क्षेत्रमा विद्यावारिधी हासिल गरेका नवनियुक्त डा. पराजुली प्राध्यापनका साथै जलविद्युत उत्पादन क्षेत्रमा परामर्शदाताका रुपमा लामो समयदेखि काम गर्दै आएका व्यक्ति हुन् । उनले नेपालको पहिलो टनेल तथा रिभर डाइभर्सन परियोजना भेरी बबई डाईभर्सनको मुख्य परामर्शदाताका रुपमा समेत काम गरिसकेका छन् । डा. पराजुलीले एशियाली विकास बैंकमा समेत परामर्शदाताका रुपमा काम गरेका छन् ।

यता डेमोक्रेटिक ईन्जिनीयर्स एशोसियशन अफ नेपाल (सिडेन) का अध्यक्षसमेत रहेका केसी विगत दुई दशकदेखि विकास र ईन्जिनीयरिङ क्षेत्रमा काम गर्दै आएका व्यक्ति हुन् । संयुक्त राज्य अमेरिकाबाट सिभिल ईन्जिनीयरिङमा स्नातकोत्तर गरेका केसीले विश्व बैँकको परामर्शदाताका रुपमा काम गरिसकेका छन् ।

Health Tips Ad Road Block