Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चारवटा बैंक तथा वित्तीय संस्थाको लाभांश घोषणा, कतिपयमा शेयरधनीको हात रित्तो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.८९४७ प्रतिशत लाभांश दिने घोणा गरेको छ । पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ७.५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

यता ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। पुस २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिमको वित्तीय विवरण साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ ।

त्यस्तै मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म कायम भएको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने र सोही अनुसारको वित्तीय विवरण प्रकाशित गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

त्यसैगरी साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले पुस २३ गते, मंगलबार, कृषि विकास बैंक, केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २३ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्दैछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १७ गते बुकक्लोज गर्ने भएकाले पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन पाउने र लाभांश प्राप्त गर्न सक्नेछन्।

Health Tips Ad Road Block