skip this News Page Tips Ad Road Block

५१ अंकभन्दा बढीले घट्यो शेयर बजार !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको दोस्रो कारोबार दिन साेमबार शेयर बजार परिसूचक नेप्से ५१.३७ अंकले घटेको छ । नेप्से घटेर २६ सय ३० दशमलव नौ एक अंकमा आइपुगेको छ ।

आज क वर्गका परिसूचकको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६ दशमलव नौ तीन अंकले घटेको छ ।

बजारमा २२७ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा १५ कम्पनीको शेयर मूल्य बढेको छ । दुईवटाको शेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

बजारमा एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयरको किनबेच हुँदा ५ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यसदिन कुथेली बुखरी हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ ।

यसलाई बजार करेक्सनकोरुपमा हेरिएको छ ।

Health Tips Ad Road Block