skip this News Page Tips Ad Road Block

नाडाको साधारणसभामा इभीको व्यापक चर्चा, चार्जिङ स्टेशन थप गर्नुपर्नेसहित नीतिगत सुधारको माग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४८ औं साधारण सभामा विद्युतीय सवारी साधन(इभी)का विषयमा व्यापक चर्चा भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहाल, नाडाका अध्यक्ष करण चौधरी लगायत उपस्थित सबैको केन्द्रमा इभी रहन गयो र उनीहरुले इभीको चर्चा गरे ।

साधारण सभामा शुभकामना व्यक्त गर्दै मन्त्री दाहालले अब इभीको विकल्प नभएको बताए । विद्युतीय गाडीका विषयमा ब्याट्री र सर्भिसमा समस्या रहेको सरकारले बुझेको बताउँदै सरकारले आवश्यक पूर्वाधारमा काम गरिरहेको उनले बताए । सबै एकै ठाउँमा बसेर समस्याको समाधान निकाल्नुपर्ने उनको भनाइ थियो ।

यस्तै नाडाका अध्यक्ष करण चौधरीले सबैतिरबाट विद्युतीय सवारी साधनलाई गिजोल्ने काम भइरहेको भएतापनि इभीको प्रयोग बढदै गइरहेको बताए । उनले कतिपय विषयलाई कानुनबाट सम्बोधन गरिदिने हो भने व्यवसायीले यस क्षेत्रमा ठूलो फड्को मार्ने बताए । नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेशन थप गर्ने योजना अगाडि सार्नुपर्ने उनको माग रहेको थियो । विद्युतीय सवारीलाई दिर्घकालिनरुपमा अगाडि बढाउन यो आवश्यक रहेको उनको भनाइ थियो ।

 

सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक अवस्था र राजश्व क्षेत्रमा महत्वपूर्ण योगदान गरेको यस क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्नुपर्ने बताए । सरकारले नीतिगतरुपमा सम्बोधन गरेर अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन लाग्नुपर्ने उनको भनाइ थियो ।

Health Tips Ad Road Block