काठमाडौं । आइतबार सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको छ ।
शुक्रबार १ लाख ५३ हजार रुपैयाँ तोलामा किनबेच भएको सुन आइतबार १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १८४० रुपैयाँमा कारोबार भइरहेको छ ।





















