skip this News Page Tips Ad Road Block

जेएमईभी प्रिमियम सेडान नेपालमा सार्वजनिक, मूल्य ५३ लाख ९९ हजार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। शौर्य अटोमोबाइल्स प्रालिले नेपाली बजारमा जेएमईभी प्रिमियम सेडान गाडी सार्वजनिक गरेको छ। कम्पनीले जिआङ्सी जियाङ लिङ ग्रुपद्वारा निर्मित जेएमईभी जिएसई प्रिमियम इलेक्ट्रिक सेडान सार्वजनिक गरेको हो।

सर्वाधिक मूल्यवान प्रिमियम सेडानको रूपमा ख्याति कमाएको गाडीले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र विलासितापूर्ण डिजाइनको संयोजनमार्फत दिगो गतिशीलतालाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको आधिकारिक बिक्रेता शौर्य अटोमोबाइल्सका कार्यकारी निर्देशक अखिल गुप्ताले बताए। ‘जेएमईभी नेपालमा उपलब्ध हुनुले दिगो गतिशीलता प्रवर्द्धन र नेपाललाई हरित ऊर्जातर्फ लैजाने, शौर्य अटोमोबाइल्सको प्रतिबद्धतालाई बलियो बनाएको छ।’ उनले भने ।

यसमा थप गर्दै शौर्य अटोमोबाइल्सका महाप्रबन्धक अधिरकुमार श्रेष्ठले भने, ‘१७१मिमी ग्राउन्ड क्लियरेन्स, ४२० किलोमिटर रेन्ज र अत्याधुनिक सुविधाहरूका साथ जेएमईभी जिएसईले विद्युतीय सवारीसाधन बजारमा नयाँ अपेक्षाहरू स्थापना गरेको छ। यो सेडान मात्र सवारीसाधन होइन, यो नेपालको विद्युतीय सवारीसाधनको परिदृश्यलाई परिवर्तन गर्ने गेम चेन्जर हो।’

जेएमईभी सेडानमा ४९ किलोवाट आवरको ब्याट्री दिइएको छ। कारमा ९९ किलोवाटको मोटर जडान गरिएको छ। यसले ४२० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ। यस कारको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ। यसमा ४१० लिटरको बुट स्पेस छ। यसमा ३६० डिग्री क्यामेरा पाउन सकिन्छ।

कम्पनीले यस कारको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ तेकेको छ ।

नेपालको विविध भू–भाग र यात्राको अद्वितीय अनुभवका लागि यो कार उपयुक्त रहेको कम्पनीको दाबी छ ।

Health Tips Ad Road Block