काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान)को नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रमकाबीच नवनिर्वाचित कार्य समितिले पदभार ग्रहण गरेहेको हो ।
गत शुक्रबार भएको एसबानको ३० औँ वार्षिक साधारण सभाबाट दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमार्फत अध्यक्षमा सागर ढकाल विजयी भएका थिए । एसोसिएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय रेग्मी निर्वाचित भएका थिए ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका थिए ।
पदधार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष ढकालले नीतिगत सुधारमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।






















