काठमाडौं । बुधबार तोलामा २ हजार रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






















