Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल स्काउटसँग जोडेर उर्जामन्त्रीमाथि लगाइएको आरोप गलत भएको भन्दै खण्डन, बक्यौता तिर्न भने बाँकी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल स्काउटसँग जोडेर उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको चरित्रहत्या गर्नेगरी विभिन्न सञ्चार माध्याम र सामाजिक सञ्जालमा प्रकाशित समाचार सामाग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजित र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिका अध्यक्ष विकल थापा क्षेत्रीले बुधबार साँझ संयुक्त विज्ञप्ती जारी गरी उर्जामन्त्री खड्कालाई जोडेर व्यक्तिगत लाञ्छना लगाउने एवम् व्यक्तिगत चरित्रमाथि समेत प्रहार गर्ने नियोजित उदेश्यले भ्रामक एवम् तथ्यहिन समाचार प्रकाशन गरेको भन्दै ध्यानाकर्षण भएको बताइएको हो ।

“उर्जामन्त्री खड्का विगत दुई बर्षदेखि खड्का ल्याण्ड डेभलप्मेण्ट प्रालिसँग सम्बन्धित नरहेको जनाउँदै कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगतको जानकारी प्राप्त हुन आएको छ, तथ्य नबुझीकन समाचार प्रकाशन हुँदा व्यक्तिगत चरित्रमाथि प्रहार भएको छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा विगतमा संस्थागत रुपमा नेपाल स्काउट तथा खड्का ल्याण्ड डेभलप्मेण्ट प्रालि बीच व्यवसायिक विषयमा केही असमझदारी भएपनि पछिल्लो समयमा उक्त असमझदारीलाई पूर्ण रुपमा निराकरण गर्ने उदेश्यले दुवै पक्षका जिम्मेवार प्रतिनिधिबीच निरन्तर भेटघाट, छलफल तथा सम्वादहरु चलिरहेको र समाधान निकट पुगिसकेको बताइएको छ ।

दुई पक्षबीच यसअघि सम्झौता भएबमोजिम बहाल बापतको बक्यौता हिसाब किताबको कार्य सम्पन्न भई विभिन्न मितिमा वक्यौता रकम दाखिला निरन्तर भइरहेको र बक्यौता बापतको बाँकी सावाँ रकम आगामी दश दिनभित्र दाखिला गरिसक्ने सम्झौता भइसकेको बताइएको छ ।

दुई पक्षबीच आपसी समझदारीमा निराकरण उन्मुख बिषयप्रति न्यूनतम जानकारी समेत नराखी समाचार प्रकाशन तथा प्रसारण गर्नु प्रतिष्ठित सञ्चार माध्यमहरुलाई कदापी शोभनीय नहुने विज्ञप्तिमा उल्लेख छ ।

सञ्चार माध्यमको विश्वसनीयता तथा निस्पक्षतामाथि समेत यस्ता कार्यले गम्भीर प्रश्न उठ्नसक्ने र विश्वासको वातावरण खल्बलिन जाने भन्दै समाधान निकट पुगिसकेको बिषयलाई थप जटिलतातर्फ नधकेल्नसमेत अनुरोध गरिएको छ ।

नेपाल स्काउट र खड्का ल्याण्ड प्रालिले यस्ता प्रकारका समाचार तथा सामाग्रीहरु प्रकाशन तथा प्रसारण नगरिदिनु हुन आम सञ्चार माध्यमहरु तथा सम्वद्ध सबैमा हार्दिक अपिलसमेत गरेको छ ।

विभिन्न सञ्चार माध्यममा बहाल रकम यती बक्यौता रहेको भनी कपोलकल्पित समाचार प्रकाशन हुने गरेको तर यथार्थमा अत्यन्त न्यून रकम मात्र बाँकी रहेको जनाइएको छ । उक्त बाँकी रकमपनि केही दिन भित्र नै भुक्तानी हुने अवस्थामा रहेको हुँदा दुवै पक्षबीच आपसमा कुनै प्रकारको असहमती नरहेको जनाइएको छ ।

Health Tips Ad Road Block