Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

७.५६ प्रतिशतले बढ्यो बैंकहरुको नाफा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले कमाउने नाफा बढेको छ । गतवर्षको सोही अवधिको तुलनामा बैंकहरुको नाफा बढेको हो । यो अबधिमा वाणिज्य बैंकहरुेले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् । यो रकम पोहोरको सोही अबधिको तुलनामा ७.५६ प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका अधिकांश बैङ्कले नै गत वर्षको सोही अवधिको तुलनामा मुनाफा बढाएका छन् । पोहोर समीक्षा अवधिमा वाणिज्य बैङ्कले २० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेका थिए ।

चालु आर्थिक वर्षको कार्तिकसम्मको तथ्याँकमा १३ वटा बैंकको मुनाफा बढेको छ भने बाँकी सात बैंकको मुनाफा घटेको छ ।

योअवधिमा सबैभन्दा धेरै खुद मुनाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिलले दुई अर्ब ६९ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा नबिलले दुई अर्ब १६ करोड खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै ग्लोबल आइएमई बैङ्कले दुई अर्ब ११ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ग्लोबल बैङ्कले एक अर्ब ९४ करोड ६९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क, प्राइम बैङ्क, कुमारी बैङ्क, एभरेष्ट बैङ्क, एनएमबी बैङ्क, प्रभु बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, लक्ष्मी बैङ्क र नेपाल एसबिआई बैङ्कले एक अर्बमाथिको मुनाफा आर्जन गरेका छन् ।

यो अवधिमा लक्ष्मी सनराइज बैङ्कले सबैभन्दा धेरै १०७.२६ प्रतिशतले नाफा बढाएको छ । यस्तै सिद्धार्थ बैङ्कले १००.०२ प्रतिशतले मुनाफा बढाएको छ । कुमारी बैङ्कको ७९.०९ प्रतिशत र नेपाल एसबिआई बैङ्कको ६६.३० प्रतिशतले बढोत्तरी भएको छ ।

चालु आवको कात्तिक मसान्तसम्ममा एनआइसी एसिया बैङ्कको मुनाफा ७१.८३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कको ५४.१९ प्रतिशत, हिमालयन बैङ्कको ३९.०१ प्रतिशत, सिटिजन्स बैङ्कको २४.६९ प्रतिशत, कृषि विकास बैङ्कको १८.३२ प्रतिशत, सानिमा बैङ्कको १६.२७ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको २.४६ प्रतिशतले घटेको तथ्याँकले देखाएको छ ।

Health Tips Ad Road Block