Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पुरानै लयमा फर्कियो उद्योग वाणिज्य महासंघ, अन्जनपछि अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट आउने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट गर्नेगरी नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन भएको छ । महासंघको विशेष साधारण सभाले हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ अब स्वतः अध्यक्ष हुनेछन् त्यसपछि अध्यक्षको निर्वाचन प्रत्यक्ष प्रणालीबाट हुनेगरी विधान संशोधन भएको हो । महासंघको यो पुरानै व्यवस्था हो ।

योसँग वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटेको छ । विधान संशोधनअनुसार अब महासंघको नेतृत्वको कार्यकाल पनि २ वर्षको हुने भएको छ ।

सुरुमा अध्यक्षको चुनाव धेरै भड्किलो र खर्चिलो हुन गयो भन्दै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान ल्याइएको थियो । तर पछि वरिष्ठ उपाध्यक्ष चयन हुनेक्रममा त्यो रोग सरेपछि महासंघ पुरानै व्यवस्थामा फर्किएको हो । विधान संशोधनअनुसार अब महासंघमा महिला उपाध्यक्ष पनि रहने व्यवस्था गरिएको छ । तर यो व्यवस्था कार्यकारिणी समितिमा १२ जना महिला सदस्य भएमा मात्रै चयन हुने भनिएको छ ।

एक वरिष्ठ उपाध्यक्ष, जिल्ला नगरतर्फ २ जना उपाध्यक्ष रहने व्यवस्था संशोधित विधानले गराएको छ । यसअघि महासंघमा ५० प्रतिशतभन्दा बढी मतभार रहेको जिल्ला नगरमा एक जना मात्रै उपाध्यक्ष चयन हुने व्यवस्था थियो ।

महासंघमा वर्षाैंदेखि थाती रहेको विधान संशोधनको एजेण्डालाई रामवाघ महल, भनिमण्डल, ललितपुरमा बसेको विशेष साधारणसभाले पारित गरेको हो ।

२०७३ सालमा महासंघले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरि विधान संशोधन गरेको थियो । सोही संशोधनअनुसार तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्ष बनेकी थिइन्। त्यसयता विधान संशोधनको विषय पटक पटक उठ्दै आएको थियो ।

संशोधित विधान मन्त्रिपरिषद्बाट पारित भएलगतै लागु हुने बताइएको छ ।

Health Tips Ad Road Block