काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गोरख शम्शेर जंगबहादुर राणा नियुक्त भएका छन्।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले राणालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
राणा ४ वर्षका लागि सिइओ पदमा नियुक्त भएका हुन्। उनको कार्यकाल जनावरी १, २०२५ अर्थात् पुस १७ गतेदेखि सुरु हुने बैंकले जनाएको छ ।























