अमेरिका। अमेरिकाको क्यालिफोर्नियामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ संस्थाका अनुसार उत्तरी क्यालिफोर्नियाको तटीय क्षेत्रमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
बीबीसीले जनाएअनुसार भूकम्पपछि उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा ५३ लाख जनालाई सुनामीको चेतावनी जारी गरिएको थियो । तद्दपि पछि उक्त चेतावनी हटाइएको थियो ।
भूकम्पपछि हम्बोल्ट काउन्टीमा १० हजारभन्दा बढी मानिस बिजुलीविहीन भएका र क्षतिको विवरण आइनसकेको जनाइएको छ ।






















