Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्टक ब्रोकर एशोसियसनको नयाँ नेतृत्वको लागि ढकाल समूहको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिवद्दता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्टक ब्रोकर एशोसियसन अफ नेपालको भावी नेतृत्वको लागि सागर ढकाल समूहले उम्मेदवारी घोषणा गरेको छ। आज समूहले २३ बुँदे प्रतिवद्दता सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेको हो ।

समूहको अध्यक्षको उम्मेदवारको रुपमा सागर ढकाल रहेका छन् भने उपाध्यक्षमा नितेश कुमार अग्रवाल रहेका छन् । त्यस्तै महासचिवको लागि भक्तिराम घिमिरे, कोषाध्यक्षको लागि मदन पौडेल र सचिवको लागि कृष्ण गिरी उम्मेदवार छन् । त्यस्तै सदस्यको उम्मेदवारहरुमा जयन्त श्रीवास्तव, अतितलाल श्रेष्ठ र हरि प्रसाद वाग्ले रहेका छन् ।

समूहले आफ्नो २३ बुँदे प्रतिवद्दता समेत सार्वजनिक गरेको छ। स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपालबीच गत कार्तिक २८ गते मर्जर सम्झौता भएको थियो । बिहीबारको साधारणसभाले संघको नयाँ नेतृत्व चयन गर्ने छ।

यस्ता छन् ढकाल समूहका प्रतिवद्दता :

१. पूँजी बजारमा अत्यावश्यक रहेका विभिन्न वित्तिय औजार तथा कारोबार औजारहरु जस्तै मार्जिन ट्रेडिङ्ग, इन्ट्रा डे तथा सर्ट सेलिङ्ग एवं इक्विटि डेरिभेटिभ आदिको विकास गरी सञ्चालन गर्न पहल गर्ने ।

२. धितोपत्र दलाल व्यवसायीहरुले प्रदान गर्न सकिने विभिन्न सेवाहरु जस्तैः लगानी व्यवस्थापन सेवा, लगानी एड्भाइजरी सेवा, मार्जिन लेण्डिङ्ग सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न पाउने सेवाहरु प्राप्तिका लागि आवश्यक कार्य गर्ने ।

३. हाल २ वटा मात्र डिम्याट खाता खोली शेयर कारोबार गर्न पाउने सम्बन्धी व्यवस्थाका कारण शेयर कारोबारमा जोखिम बढेको हुँदा यसलाई खुला गर्न पहल गर्ने ।

४. नेपाल धितोपत्र बोर्डबाट अनुपालना कायम नगर्ने धितोपत्र दलाल व्यवसायीलाई कारोबार निलम्बन गर्दा यसले सो धितोपत्र दलाल व्यवसायीसँग आबद्ध ग्राहकहरुलाई मार पर्ने भएको कारण कारोबार निलम्बन गर्नुका सट्टा कम्पनीलाई आर्थिक जरिवाना गरी कारबाही गर्ने व्यवस्था गर्ने ।

५. हाल धितोपत्र दलाल व्यवसायी कम्पनीहरुले नेपाल स्टक एक्सचेन्ज समक्ष बैंक ग्यारेन्टी राखी सोको २५ गुणा सम्म कारोबार लिमिट प्राप्त गरिरहेकोमा यस्तो सीमा ५० गुणा सम्म बनाउन पहल गर्ने ।

६. २० करोड पूँजी भएका धितोपत्र ब्रोकर्शहरुले मार्जिन लेण्डिंग तथा लगानी व्यवस्थापन सेवा प्रदान गर्ने सम्बन्धी नियमावलीमा आवश्यक संशोधन गर्न पहल गर्ने ।

७. सञ्चालनमा रहेका धितोपत्र दलाल व्यावसायी कम्पनीका शेयरधनीहरुलाई आफ्नै संस्थाबाट शेयर खरिद बिक्री गर्न पहल गर्ने।

८. खरिद गरी तोकिएको समय सीमाभित्र खरिद वापतको रकम भुक्तानी गर्न अटेर गर्ने ग्राहकहरुको शेयर बिक्री गरी राफसाफ गर्ने हालको व्यवस्थालाई संशोधन गरी सहज बनाउन पहल गर्ने ।

९. हाल सञ्चालनमा रहेको धितोपत्र ऐन तथा यस अन्तरगतका विभिन्न नियमावली, विनियमावली लगायत समग्र पूँजी बजारको विकास, विस्तार र आधुनिकीकरणका लागि आवश्यक नीति नियमहरुको विकास गर्ने तथा हाल सञ्चालनमा रहेका कानूनी व्यवस्था तथा नीतिहरुलाई संशोधन गर्न आवश्यक नेतृत्व प्रदान गर्ने ।

१०. धितोपत्र दलाल व्यवसायी कम्पनीहरुबीच एक आपसमा मर्जर तथा प्राप्ति गर्न सकिने गरी कार्यविधि विकास गरी लागू गर्ने ।

११. धितोपत्र दलाल व्यवसायी कम्पनीहरुको आइपिओ निष्काशन गर्नका लागि आवश्यक नीतिगत व्यवस्था गराई यसको माध्यमबाट आगामी दिनमा धितोपत्र दलाल व्यवसायी कम्पनीको पूँजी वृद्धि गर्न मिल्ने व्यवस्था मिलाउने ।

१२. धितोपत्र दलाल व्यवसायीहरुको पूँजीवृद्धि सम्बन्धी व्यवस्था हाल २०८२ असार मसान्त सम्म रहेकोमा सो समयावधि कम्तीमा ६ महिना देखि १२ महिनासम्म थप गर्न व्यवस्था मिलाउने ।

१३. पूँजी बजार अन्तरगत हुने कारोबारमा देखिएको विकृति तथा विसंगतिहरुको न्यूनीकरण तथा पूँजी बजारको आधुनिकीकरणका लागि नियामक निकाय, स्टक एक्सचेन्ज तथा सिडिएससिलाई आवश्यक पर्ने विभिन्न प्रणालीहरु जस्तै सर्भेलियन्स सिस्टम, म्याचिंग इन्जिन, मार्केट इन्फरमेसन सिस्टम आदिलाई अपग्रेड गरी सञ्चालन गर्न सम्बन्धित निकायसँग पहल गर्ने ।

१४. अक्सन बजारलाई सञ्चालन गरी हाल ग्राहक क्लोज आउट हुने व्यवस्थालाई हटाउन नीतिगत व्यवस्था गरी अक्सन मार्केट सञ्चालनमा ल्याइन पहल गर्ने ।

१५. सेटलमेन्ट ग्यारेण्टि फण्डको सञ्चालनका लागि कार्यविधि संशोधन गरी सञ्चालनमा ल्याइने तथा सो फण्डमा विभिन्न सरकारी निकायमा रहेको आइडल फण्डहरु थप गरी फण्डको आकार बढाउन पहल गर्ने ।

१६. नेपाल स्टक एक्सचेन्ज, सिडिएससि तथा नेपाल धितोपत्र बोर्डको बेवसाइटमार्फत सम्पूर्ण सूचिकृत कम्पनीको वित्तिय तथ्यांक, त्रैमासिक विवरण, वार्षिक प्रतिवेदन, सञ्चालक तथा व्यवस्थापन लगायत प्रमुख शेयरधनीहरुको विवरण लगायतका जानकारीहरु प्रकाशित हुने व्यवस्था मिलाउन आवश्यक पहल गरिने ।

१७. लगानीकर्ता सचेतना तथा शेयर लगानी सम्बन्धी जनचेतनाका लागि नेपाल धितोपत्र बोर्ड तथा स्टक एक्स्चेन्जसँगको सहकार्यमा तालिम, वर्कसप तथा सेमिनार कार्यक्रमहरु सञ्चालन गर्ने । साथै सबै धितोपत्र दलाल व्यवसायी कम्पनीहरुलाई डिजिटल माध्यमबाट पढ्न तथा हेर्न सकिने गरी शेयर लगानी तथा सचेतना सम्बन्धी सामाग्रीहरु तयार गरी प्रकाशन गर्ने व्यवस्था गरिने ।

१८. धितोपत्र दलाल व्यवसायीहरुले आफैँले धितोपत्र कारोबार प्रणालीको विकास गरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन हालको नीतिगत व्यवस्थालाई संशोधन गर्न पहल गर्ने ।

१९. ग्राहकले बिक्री गरेको शेयरको स्वचालित रुपमा EDIS हुने व्यवस्था मिलाउन पहल गर्ने ।

२०. पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुको लागि सदैव तरबारको रुपमा रहेको पूँजीगत लाभकरको व्यवस्थालाई नीतिगत रुपमै अन्तिम कर घोषणा गर्न आवश्यक पहल गर्ने ।

२१. सूचिकृत कम्पनीहरु मर्जर तथा प्राप्तिका कारण पूँजीगत लाभकरमा देखिएको समस्यालाई समाधान गर्न सम्बन्धित निकायसँग पहल गर्ने ।

२२. सिडिएससि मार्फत हाल नेपाल स्टक एक्सचेन्जबाट भएको कारोबारमात्रै राफसाफ हुने व्यवस्था रहेकोमा आगामी दिनमा बजार समय भन्दा अगावै वा बजार समय पछि धितोपत्र दलाल व्यवसायी कम्पनीको मध्यस्थतामा भएको अफ मार्केट कारोबारलाई समेत सिडिएसिबाट राफसाफ हुने व्यवस्था मिलाइने ।

२३. स्टक ब्रोकर एशोसिएसन अफ नेपालले जारी गरेको आइडी कार्डबाट सिंहदरबार लगायतका सरकारी निकायहरुमा सहज प्रवेश गर्न पाउने व्यवस्था मिलाउने ।

Health Tips Ad Road Block