Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गार्डियन लाइफको आईपीओ खुल्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो चरणको लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि आईपीओ खुला गरेको हो । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।

आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पुस ३ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गरेको छ । आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयर अनलाईन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति दिएको छ ।

 

Health Tips Ad Road Block